Top_Header_Right_Add

किर्ते अभियोगमा नेताद्वय यादव र मण्डलको म्याद थप

किर्ते अभियोगमा नेताद्वय यादव र मण्डलको म्याद थप

राजविराज, ६ वैशाख । पूर्व सभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य विश्वनाथ प्रसाद यादवसहित दुई जना नेतालाई सरकारी छाप किर्ते अभियोगमा म्याद थप गरिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका– ६ निवासी यादव र राजगढ गाउँपालिका–३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई समेत पक्राउ गरिएको हो । यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फवाट समानुपातिक सभासद् थिए । यादव र मण्डलसहितको संलग्नतमा अग्निसाईर कृष्णसवरण गाउँपालिकाको लेटर प्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्वर वडाअध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडा अध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो ।
किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरी पुर्वाधार विकास कार्यालय सम्पर्क ईकाई कार्यालय राजविराजमा सितापुर कुनौली आधारभुत विद्यालय सम्म सडक मर्मत निर्माण उपभोक्ता समितिको योजनाको सम्झौता गरी सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै विहीबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
प्रदेश २ सरकारद्वारा अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा सञ्चालित विकास योजनाको रकम निकाल्न लेटरप्याड र छाप किर्ते गरिएको जनाईएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गरिएको स्थानीयले जानकारी दिएका छन्।
किर्ते समितिमार्फत बैंक खातासमेत सञ्चालनमा ल्याईएको उनीहरुको दावी छ । गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरी घटनाको अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer