• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश प्रमुख कायस्थद्वारा मानव अधिकार आयोगको प्रशंसा

प्रदेश प्रमुख कायस्थद्वारा मानव अधिकार आयोगको प्रशंसा

जनकपुरधाम, ५ वैशाख । प्रदेश नम्वर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले जुनसुकै परिस्थतिमा पनि निक्कै सक्षम र सबल उपस्थिति देखाएको भन्दै प्रशंसा गरेका छन् ।
पुर्व आयुक्त समाज राष्ट्रिय मानव अधिकार आयोग डिफ्रि ललितपुरको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको सहयोगमा जनकपुरधाममा आयोजित मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानव अधिकार संयन्त्रहरु बिचको समन्वयकारी भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन उपर सरकार तथा न्यायकर्मीले महत्वका साथ हेर्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रदेश नम्वर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मानव अधिकारको सवालमा प्रदेश नम्वर २ अगाडि रहेको दावी गरे । यस प्रदेशमा हरेक निकायमा प्रतिनिधित्व गराउनका लागि पुरुष तथा महिलाहरुका लागि पचास पचास प्रतिशत आरक्षणको व्यवस्था गरिएको उनले बताए ।
प्रदेश सभा सांसद चमेली देवी दासले मानव अधिकारमा पैसावलाको वर्चश्व रहेको दावी गर्दै मानव अधिकारकर्मीले कुनै पनि घटनाको निश्पक्ष रुपमा छानबिन गर्नुपर्नेमा जोड दिईन । यस्तै संघीय सरकारले दलितलाई मानव नै बुझ्न छाडेको समेत दासको आरोप थियो । उनले अगाडी भनिन– ‘मधेशमा भएको घटनाहरुमा आयोगले निश्पक्ष प्रतिवेदन बनाउन नसक्दा पिडितले न्याय पाउन सकिरहेको छैन ।’ प्रदेश सभा सांसद परमेश्वर साहले मानव अधिकारको संरक्षण गर्ने सवालमा पटक–पटक आवाज उठाए पनि राज्य पक्षबाटै मानव अधिकारको उल्लंघन हुनुले देशमा मानव अधिकारको प्रत्याभुति नभएको जिकिर गरे ।