के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विद्युतीय कारोबार ऐनको दफा खारेजीको माग गर्दै पत्रकारहरु आन्दोलित

विद्युतीय कारोबार ऐनको दफा खारेजीको माग गर्दै पत्रकारहरु आन्दोलित
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ वैशाख । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्ने माग गर्दै पत्रकारहरुले सप्तरीसहित देशैभरी आन्दोलित भएका छन् ।
यसैक्रममा नेपाल पत्रकार महासंघ शाखाको अगुवाईमा सप्तरीमा समेत आन्दोलनको कार्यक्रमलाई अगाडि बढाईएको छ । ‘विद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर । पक्राउ गरिएका पत्रकारलाई विना सर्त रिहाई गर’ लेखिएको ब्यानरसहित राजविराज परिक्रममापछि जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिईएको थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको कार्यक्रम अनुसार विहान साढे ९ देखि साढे १० वजेसम्म कार्यालयमा धनाई दिईएको शाखा अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिए । महासंघले विद्युतीय कारोवार ऐनको उक्त दफाको प्रयोगले निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध गरेको जनाउँदै आएको छ । उक्त दफाले प्रेस स्वतन्त्रतालाई निस्तेज बनाएको ठहर गर्दै महासंघले देशभर संघर्ष गर्ने घोषणा गरेको छ ।
विद्युतीय कारोवार ऐन अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गरेकोमा महासंघले आपत्ति पनि जनाएको छ । समाचारका विषयमा उजुरी परेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कास्कीबाट सञ्चालित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पोखराबाट नियन्त्रणमा लिएको छ । गत सोमबार पत्रकार महासंघको जिम्मामा छोडेको प्रहरीले अनुसन्धानका लागि भन्दै पुनः नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।

Online Saptari

About The Author

%d bloggers like this: