के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

चोरी हुने क्रम बढेपछि राजविराज हटियाको व्यवसायीहरु त्रसित

चोरी हुने क्रम बढेपछि राजविराज हटियाको व्यवसायीहरु त्रसित
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ वैशाख । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–७ स्थित खुद्रा पसलहरुमा केही दिनको फरकमा चोरी हुने क्रम बढेपछि व्यवसायीहरु त्रसित भएका छन् ।
विगत एक महिनायता मात्रै मालपोत कार्यालयदेखि अदालतसम्मका सडक छेउमा रहेका पसलहरुमा पाँच पटक चोरी भईसकेको उनीहरुले बताएका छन् । पछिल्लोपटक सोमवार राती मात्रै स्थानीय दिपक चौधरीको पसलमा चोरी भएको छ । उनको पसलबाट बेच्न राखिएका घडी, रेडिमेड कपडा समेत गरी करिब ३० हजार रुपैयाँ बराबरको सामान चोरी भएको छ । साँझ पसल बन्द गरेर घर गएको अवस्थामा चोरी भएको उनले जानकारी दिए ।
यस्तै एक साता अघि चोरहरुले आफताब सिद्धिकीको पसलको ताल्चा फुटाउने प्रयास गरे । तर ताल्चा नफुटेपछि छेउकै हरेराम साहको नास्ता पसलमा चोरी भयो । यस्तै फलफुल व्यवसायी दिलिप साहको पसलमा समेत १० दिन अघि चोरी भएको छ ।
सडक छेउमा रहेका किराना पसले विनोद साहको पसलमा एक महिनायता मात्रै पटक–पटक गरी तीन पटक चोरी भईसकेको छ । हटियामा नयाँ सपिङ्ग कम्पलेक्स निर्माण थाल्नु अघि व्यावसायीहरुलाई हटाईएपछि आसपासका क्षेत्रमा जेनतेन पसल थापेर व्यवसाय गर्दैआएका छन् । ठाउँ अभावले यत्रतत्र बस्दैआएका व्यवसायीहरु चोर आउने त्रासले भयभीत भएका छन् ।
नयाँ निर्माण भईरहेकोले आफुहरु दुःख झेलेर जेनतेन पेशाव्यवसाय गर्दैआएपनि सुरक्षा नभएपछि चिन्ता बढ्दै गएको दिपक चौधरीले गुनासो गरे । दिनभरी रापताप सहेर बसेपनि रातीको बेला पसलहरुमा सुरक्षा दिनुपर्नेमा त्यसो हुन नसकेपछि आफुहरु थप समस्यामा परेको उनले बताए ।
यस्तै दुःखेसो रहेको किराना पसले विनोद साहको पनि । पटक–पटक गरी तीन पटक चोरी भईसकेकोले असुरक्षाका कारण व्यवसाय नै छोड्नुपर्ने अवस्था सिर्जना हुनलागेको उनले बताए । खुद्रा व्यवसायीहरुको बिक्री नभएर त्यसै समस्या रहेको बताउँदै उनले भने ‘दिनभरी त हामी आफै हुन्छौं, रातीको समयमा प्रहरी गस्ती गरिदिएको भए हामी ढुक्क हुन्थ्यौं ।’
यता राजविराज नगरपालिकाले हटियामा निर्माणकार्यलाई तिब्रता दिएका छन् । निर्माण पुरा हुने वितिक्कै व्यवसायीहरुलाई व्यवस्थित गरिने नगरपालिकाका पदाधिकारीहरुको भनाई छ ।

Online Saptari

About The Author

%d bloggers like this: