• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सिरुवा पर्वको अवसरमा कुस्ती प्रतियोगिता

सिरुवा पर्वको अवसरमा कुस्ती प्रतियोगिता

कमल कुमार मण्डल
राजविराज, ३ वैशाख । सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर–६ ढिकलीमा नव वर्ष २०७६ एवम् सिरुवा पर्वको अवसरमा कुस्ती प्रतियोगिता सञ्चालन भएको छ ।
पुर्व क्षेत्रपाल तथा कुश्तीका चर्चित खेलाडी सुब्बालाल यादवको अध्यक्षता तथा महदेवा गाउँपालिकाका प्रमुख दिपक यादवको प्रमुख आतिथ्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल तथा भारतको मध्यप्रदेश, राजस्थान, बनारस, कानपुर, बिहार, दिल्ली, गोरखपुरलगायतका चर्चित महिला तथा पुरुष कुस्तीवाजहरु बिच प्रतिष्पर्धा भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला प्रशासन कार्यलयका प्रमुख सुरेन्द्र पौडेल, जनपद प्रहरीका एसपी राजेन्द्र विष्ट, सशस्त्र प्रहरी दलका एसपी खेम बहादुर थापा, अनुसन्धानका एसपी तिलक शर्मा, पुर्व सांसद अशोक कुमार मण्डल, पुर्व सांसद सुर्यनाथ प्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।