Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मैथिली साहित्य परिषद्द्वारा शुभकामना आदान–प्रदान

मैथिली साहित्य परिषद्द्वारा शुभकामना आदान–प्रदान

राजविराज, १ वैशाख । नयाँ वर्ष २०७६ को शुभागन तथा सिरुवा पर्वको अवसर पारेर मैथिली साहित्य परिषद्द्वारा आइतवार राजविराजमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।
राजविराज स्थित मैथिली भवनमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले मैथिली भाषा, साहित्य एवम् संस्कृति संरक्षण सम्वद्र्धनमा तीनै तहको सरकार गम्भीर नरहेको भन्दै गुनासो गरे । प्राचीन इतिहास भएको मिथिला र मैथिली सभ्यतालाई जोगाउन सम्पूर्ण मैथिलीभाषी एवम् मैथिलीप्रेमीहरु एकजुट हुनुपर्नेमा उनीहरुले जोड दिए ।
परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पं. महेश्वर झा, परिषद्का पूर्व अध्यक्षहरु प्रा. अमरकान्त झा, विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, शुभचन्द्र झा, मारवाडी महिला मञ्चकी कमला भन्साली, डि.ई. सुरत यादव, प्रा. वन्दना मिश्र ‘मधु’ले मन्तव्य व्यक्त गरे । कार्यक्रममा महिला परिषद्की अध्यक्ष शान्ति झा, सचिव पिंकी झा, परिषद्का सल्लाहकार अधिवक्ता राजेन्द्र देव, परिषद्का उपाध्यक्ष सतिशकुमार दत्त, सचिव श्यामसुन्दर यादव, सदस्यहरु हितनारायण लाल दास, कवि सत्येन्द्रनाथ चौधरी, शिक्षकद्वय मञ्जु श्रेष्ठ, ललिता झा, श्रृजना फाइनान्सकी मेघा मिश्रा, गायिका कञ्चन झा, विद्या झा ‘डैजी’ लगायलते शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम सञ्चालन परिषद्का सदस्य अजयकुमार झाले गरे । सोही कार्यक्रममा ‘सत्तु’ समेत सहभागीहरुलाई वितरण गरियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।