के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सरकारले जनवादी केन्द्रियता लाद्ने प्रयास भईरहेको छः सिंह

सरकारले जनवादी केन्द्रियता लाद्ने प्रयास भईरहेको छः सिंह
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले विकासको नाममा जनवादी केन्द्रियता लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
राजविराज स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रेस युनियन सप्तरीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । संविधानको मर्म र भावना अनुरुप बढ्न प्रजातान्त्रिक शक्तिहरुले सरकारलाई दवाव दिनुपर्नेमा जोड दिँदै उनले भने ‘वर्तमान सरकारले विकासको नाममा जनवादी केन्द्रियता लाद्ने प्रयास गरिरहेको छ, प्रजातान्त्रिक शक्तिहरुले सरकारलाई दवाव दिनु आवश्यक छ ।
दुई तिहाईको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि सुनकाण्ड र वाइडबडी काण्डमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै जनताको चाहना अनुसार काम हुन नसकेको नेता सिंहले आरोप लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सिंहले केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतप्राप्त सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरे ।
प्रधानमन्त्रीमा असिमित अधिकार केन्द्रित गर्नु र सेना परिचालनको एकलौटी अधिकार दिन खोज्नुले सरकारको नियतमाथि नै शंका उत्पन्न भएको उनले बताए । उनले भने ‘सुरक्षा परिषद्ले निर्णय गरेर राष्ट्रपतिले सेना परिचालन गर्ने विधि र परम्परालाई किन एकलौटी गर्न खोजेको छ ।
सरकारले ठिक ढङ्गले काम नगर्दा प्रदेश र स्थानीय तहले पनि काम गर्न नसकेको यत्रतत्र आलोचनाको पात्र बनेको उनले बताए । गाउँ–गाउँमा सिंहदरबार भनिएपनि जनताले अनुभूति गर्न नसकेको नेता सिंहले टिप्पणी थियो । सरकारले कर्मचारी समायोजनको विषयलाई पनि ठिकसँग नगरेकै कारण चिकित्सकहरु समेत आन्दोलनमा उत्रेको उनले बताए । कर्मचारी समायोजनको नाममा देशलाई अस्तव्यस्त बनाएको बताउँदै नेता सिंहले गलत समयमा समायोजन गरिएकोले जनता समस्यामा परेको नेता सिंहले बताए ।
युनियनका जिल्ला अध्यक्ष रामनारायण विश्वासको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सभापति दिनेश कुमार यादव, सचिव रामकुमार यादव, युनियनकी ललिता साह, सचिव शैलेन्द्र कुमार सिंह लगायतको उपस्थिति थियो ।

Online Saptari

About The Author

%d bloggers like this: