Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

छिन्नमस्ता शक्तिपीठमा देवी भागवत कथा

छिन्नमस्ता शक्तिपीठमा देवी भागवत कथा
Bwtech New Add With Software & Bull SMS

अशोक शर्मा
छिन्नमस्ता, २९ चैत्र । सप्तरीको छिन्नमस्ता शक्तिपीठमा चैते नवरात्राको अवसर पारेर श्रीमद् भावगत एवम् देवी भागवत कथा आयोजना गरिएको छ ।
शक्तिपीठ प्राङ्गणमा चैत्र २३ गतेदेखि औपचारिक रुपमा कलशयात्रा गरी उक्त अनुष्ठान आयोजना गरिएको हो । उक्त अनुष्ठानको कथावाचकमा भारत वृन्दावनका परमपूज्य राघवानन्द ठाकुर तथा मिथिलाञ्चलका प्रसिद्ध कथा वाचक रामनारायण पंडितद्वारा कथावाचन भईरहेकोले उक्त कार्यक्रममा सहभागिताकालागि पीठाधीश महाकान्त ठाकुरले आग्रह गरेका छन् ।
उनका अनुसार श्रीमद् भागवत कथा विहान ८.३० बजेदेखि १२.३० बजेसम्म तथा देवी भागवत कथा बेलुकी ५ बजेदेखि ८.३० बजेसम्मको दैनिक समय तालिका रहेको छ ।
यसैबीच छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा चैते नवरात्राको अवसरमा श्रद्धालुभक्तजनको भींड बढ्दैगएको जनाईएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: