• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मुसहर्नियाको कुखुरा फार्ममा आगलागी

विरेन्द्र वजार, २८ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्वर २ मुसहर्नियमा वुधवार राती एक कुखुरा फार्ममा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
स्थानीय पंचुकाली कृषी फार्मका सञ्चालक डेनोक मोक्तानको कुखरा फार्ममा आगलागी हँुदा सात लाख रुपैयाँ बराबरको क्षति भएको हो । राती १० वजेतिर फार्म कोही नभएको वेला आगलागी भएकोले कुखुरा फार्ममा आवश्यक हुने सम्पुर्ण सामाग्री सहित दुई घर पुर्ण रुपले जलेर नष्ट भएको फार्म सञ्चालक मोक्तानले जानकारी दिए ।
फार्ममा काम गर्ने मजदूर दुई दिनको विदा लिएर उदयपुर घरतर्फ गएको मौका छोपी केही उछृङखल समुहले आगो लगाएको हुन सक्ने आशंका गरिएको छ ।