Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अवकाशको दुई दिन अघि घुससहित भूमी सुधारका नासु पक्राउ

अवकाशको दुई दिन अघि घुससहित भूमी सुधारका नासु पक्राउ

राजविराज, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चालीस हजार घुस रकम सहित सोमवार भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई पक्राउ गरेका छन् ।
आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको घुस रकम सहित कार्यालयका नायव सुब्वा वासुदेव मण्डललाई पक्राउ गरेको हो । एक जना चौधरी थरका सेवाग्राहीबाट मोही जग्गा सम्बन्धी मुद्दा मिलाइदिने नाममा ४० हजार रुपैयाँ नगद लिएको टोलीका सदस्यले जानकारी दिएका छन् ।
पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि इटहरी लगिएको भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख सिकिन्द्र प्रसाद साहले जानकारी दिएका छन् । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर–४ बेल्हीचपेना स्थायी घर भएका उनी २ दिनपछि ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुन लागेका थिए । आफु सेवा निवृत हुन लागेकोले चाँडै मोही जग्गा सम्वन्धी मुद्दा सुल्झाईदिने नाममा नायव सुब्बा मण्डलले सेवाग्राहीबाट घुस लिएको श्रोतले जनाएको छ ।
स्मरण रहोस् यस अघि गत चैत्र ४ गते मात्र नापी कार्यालयका एक पुर्व कर्मचारी २५ हजार घुससहित पक्राउ परेका थिए । सिराहा घर भएका केही समय अघिसम्म नापी कार्यालयमा करारमा कार्यरत पिन्टुकुमार यादवलाई अख्तियारले पक्राउ गरेको थियो । यसैगरी गत महिना मात्र सेवाग्राहीबाट चाँडो काम गरिदिने नाममा मालपोत कार्यालयबाट दुई जना कर्मचारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी कार्वाही अगाडि बढाएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।