
राजविराज, २५ चैत्र । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्वर– २ स्थित जोगीयामा सोमवारदेखि तेस्रो दिनाभद्री महोत्सव मेला–२०७५ शुभारम्भ भएको छ ।
ऐतिहासिक स्थलको रुपमा परिचित मुसहर समुदायको आस्थाको केन्द्र मानिएको उक्त स्थलमा महोत्सव शुभारम्भ भएको हो । महोत्सवको उद्घाटन प्रदेश नम्वर–२ का अर्थमन्त्री विजय यादवले गरेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य अभिशेक कुमार यादव, बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह, खडक नगरपालिकाका मेयर हेमायु हक, प्रमुख जिल्ला जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।