Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राजविराज नपाद्वारा स्वर्णपदक विजेता अजितलाई सम्मान

राजविराज नपाद्वारा स्वर्णपदक विजेता अजितलाई सम्मान

राजविराज, २० चैत्र । हङ्कङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णपदक विजेता अजितकुमार यादवलाई राजविराज नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिकामा आज (बुधवार) आयोजना गरिएको ‘सम्मान कार्यक्रम’ मा मेयर शम्भु प्रसाद यादवले अजितलाई १ लाख १ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ । १७ वर्षीय अजित राजविराज नगरपालिका वडा नम्वर १२ सिंग्यौन निवासी हुन् ।
अजितले नगरपालिकाका साथै सिङ्गो मुलुककै शिर उचो पारेको भन्दै प्रोत्साहन स्वरुप मेयर यादवले आफ्नो एक महिनाको तलव पनि प्रदान गर्नु भएको छ । सम्मान थाप्दै अजितले नगरपालिकालाई धन्यवाद दिदै मधेशी र पहाडीबीच विभेद नगर्न नगराउन सवैमा आग्रह समेत गरे । ‘नेपालको जुनसुकै कुनामा बस्ने नेपाली नेपाली नै हो, पहाडी र मधेशी भनेर विभेद नगर्नुस्, यस्तो सुन्दा चित्त दुख्छ’ उनले भने ‘हामी सबै देशलाई माया गर्नुपर्छ ।’ गत चैत्र ४ गते हङ्कङको घरेलु मैदानमा भएको प्रतियोगितामा तीन हजार मिटरको दौडमा अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेर स्वर्णपदक विजेता बनेका थिए ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र पौडेलले मन्तव्य व्यक्त गरे । सम्मान पश्चात स्वर्ण पदक विजेता अजितलाई गाडीमा राखेर राजविराज नगरपालिका परिक्रमा गराईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।