Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राजविराजमा पुनः ठप्प भयो विमान सेवा

राजविराजमा पुनः ठप्प भयो विमान सेवा

राजविराज, १८ चैत्र । विगत ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नवित्दै पुनः विमान सेवा ठप्प भएको छ ।
गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दैआएको थियो । प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइनले सोमवारदेखि अनिश्चितकालिन उडान सेवा बन्द गरेको छ ।
सुचना विना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ । उनका अनुसार मर्मतको कार्य सुरु गरिएकोले विमान सेवा बन्द भएको प्रतिक्रिया पाएको जानकारी दिएका छन् । मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा सुरु गरिने कम्पनीबाट जवाफ पाएपनि कहिलेबाट उडान भर्नेबारे यकिन हुन नसककोे प्रमुख पन्तले बताए ।
विमानसेवा ठप्प हुनु रहस्यमय
विस २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरि सञ्चालनमा ल्याएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो । पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाई एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे पक्की निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण ग¥यो ।
झण्डै ६ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गरे । पाँच महिनासम्म शनिवार र मङ्गलवार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन पनि गरे । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको छ । तर, राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भिर समस्या भईरहेको खुलासा भएको छ ।
‘रन–वे’को मुखैमा ९० फिट अग्लो चिम्नी छ । ३० फिटसम्म भएको भए समस्या हुदैनथ्यो, तर चिम्नी अत्यधिक अग्लो रहेका कारण अवतरण गर्ने क्रममा एकदमै जटिलता रहेको प्रमुख पन्त समेत स्वीकार्छन् । यद्यपी चिम्नी हटाउन हालसम्म खासै पहल हुन सकेको छैन ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।