के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

आँधी हुरीबाट मृत्यु हुनेको संख्या २७ रहेको पुष्टि

घटनास्थलमा प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म
आँधी हुरीबाट मृत्यु हुनेको संख्या २७ रहेको पुष्टि
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ चैत्र । । बारा र पर्सामा प्रलयकारी आँधी हुरीका कारण मृत्यु हुनेको संख्या २७ जना रहेको सरकारले आधिकारिक पुष्टि गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार सोमबारसम्म बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको छ ।
गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आईतबार साँझ आएको हुरी बतासमा परी बाराका २६ जना र पर्सामा १ जना गरी हालसम्म २७ जनाको ज्यान गएको बताएका छन् । मृत्यु हुनेहरूमा १२ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन्। बारामा २६ जना र पर्सामा १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।हुरी बतासमा परी गम्भिर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पताल, महाराजगंजमा उपचार सुरु गरिएको छ ।
गृह प्रवक्ता सुवेदीले घटनामा परी घाइते भएका ३ सय ७५ जनाको बारा र पर्सा स्थित विभिन्न ७ वटा अस्पतालमा उपचार भईरहेको छ । हावाहुरीमा परी ६१२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २७० उपचारपछि घर फर्किएका छन् । नारायणी क्षेत्रीय अस्पतालमा ११६ जना, नेशनल मेडिकल कलेज विरगञ्जमा सय जना, विरगञ्ज हेल्थ केयर, तराई अस्पताल विरगंज लगायत अस्पतालमा उपचार भइरहेको छ।
सरकारले घटनाको राहत तथा उद्दारका लागि सुरक्षा निकायका ४ वटै अंगहरु परिचालन गरिएको पनि जनाएको छ । उनीहरुको राहतका लागि तत्काल काठमाडौंबाट सशष्त्र प्रहरी बलको ३ वटा ट्रकमा आवश्यक सामान पठाइएको छ ।
राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बारा पुगेका थिए ।
यता प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरुको संयुक्त टोलीले घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएका छन् । भोकभोकै रहेका पीडित र घाईतेका लागि स्थानीय संघसंस्था, सुरक्षानिकाय लगायतले चिया बिस्कुट सहितका खानेकुरा वितरण गरेका छन् ।
यसैबीच, प्रदेश २ सरकारले हावाहुरीमा परी मृत्यु भएका परिवारलाई तत्कालिन राहतस्वरुप ३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बिहान बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले घाईतेको उपचार तथा विस्थापित सबैको पुर्नवासको जिम्मा समेत सरकारले लिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले उद्धारका लागि तत्काल सक्रिय बन्न मातहतका निकायलाई निर्देशन समेत दिएको थियो । मुख्यमन्त्री लालबाबु राउतले विपतमा परेकाको तत्काल उद्धारका लागी आपतकालिन उद्धार टोली गठन गरेको र प्रदेश २ सरकारले सहयोगका लागि संघीय सरकार, स्थानीय सरकार, दातृ निकाय, सुरक्षा बल सबैलाई आग्रह समेत गरेको थियो । तस्विर सौजन्यः सामाजिक सञ्जाल

Online Saptari

About The Author

%d bloggers like this: