Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

एसईई परीक्षा चैत्र २२ देखि २९ गतेसम्म

एसईई परीक्षा चैत्र २२ देखि २९ गतेसम्म

राजविराज, १८ चैत्र । प्रदेश नम्वर २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा २२ चैतदेखि सुचारु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले ती विषयको परीक्षा रद्ध गर्दै अन्य सबै परीक्षा स्थगित गरेको थियो ।
बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिने जनाएको छ । यसैगरी चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा हुने छ । बैठकले हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।