• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

स्कोरर खड्काको उपचारमा सहयोगकालागि अपील

स्कोरर खड्काको उपचारमा सहयोगकालागि अपील

राजविराज, १३ चैत्र । अन्तराष्टिय स्कोरर तथा क्षेत्रिय क्रिकेट विकास समितिका सचिव नारायण खड्काको उपचारमा सहयोग गरिदिन क्रिकेटरहरुले अपील गरेका छन् ।
सिरहाको लहान निवासी नारायण खड्काको दुबै किडनी फेल भएको अवस्थामा दुई महिनादेखि अस्पतालमा उपचारार्थ रहेकोले उपचारमा सहयोगकालागि अपील गरिएको हो । आर्थिक अभावले उनलाई थप उपचारमा समस्या भईरहेकोले क्रिकेटर चन्दन यादवले स्वेच्छिक सहयोगकालागि आग्रह गरेका छन् ।
यादवका अनुसार उपचारकाकालागि अम्पायर संघबाट ६ हजार पाँच सय, क्रिकेट संघका सदस्यहरू मनोज साह २ हजार पाँच सय, शम्भु दास २ हजार पाँच सय, निरज सिंह २ हजार एक सय, रोशन मण्डल २ हजार पाँच सय, योगेश देव २ हजार ५ सय, तुलानाथ माझी १ हजार पाँच सय, चन्दनकुमार यादव १ हजार पाँच सय, उज्जवल यादव, एक हजार पाँच सय, संजिव शर्मा एक हजार एक सय, धर्मेन्द्र चौधरी एक हजार एक सय, र सञ्जय कार्की पाँच सय ५१ रुपैयाँ समेत गरी एम्पाएर तथा स्कारेर संघ सप्तरीबाट २५ हजार ८ सय ५१ रुपैयाँ संकलन भएको उनले बताए । आर्थिक संकलनमा सहयोग गरिदिन समेत क्रिकेटर यादवले आग्रह गरेका छन् ।