Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

क्षमतावान खेलाडिहरुको जिविकोपार्जनको व्यवस्था गर्छौंः मुख्यमन्त्री राउत

क्षमतावान खेलाडिहरुको जिविकोपार्जनको व्यवस्था गर्छौंः मुख्यमन्त्री राउत

धनुषा, ११ चैत्र । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै जिवन समर्पण गर्ने क्षमतावान खेलाडिहरुको जिविकोपार्जनको स्थायी रुपमा व्यवस्थापन गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।
धनुषाको जनकपुरधाममा सोमबारदेखि शुरु भएको तेस्रो सहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राउतले विश्वमै देश र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
विश्वका अन्य मुलुकमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति लिएको उनले बताए । प्रदेश सरकार हालसम्म प्रदेश भित्र हुने सबै प्रकारको खेलमा यथाशक्य सहयोग गर्दै आएको उल्लेख गर्दै अगामी दिनमा समेत सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र ४ ओटासम्म अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने सोच रहेको चर्चा गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशका खेलाडीहरुको प्रतिभालाई उजागर गर्न प्रदेश सरकार प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे । आधुनिक खेलका साथै मधेशका पारम्परिक खेलहरुको संरक्षण गर्न समेत विशेष पहल गर्ने उनले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मुल श्रोत भएकोले क्षमतावान खेलाडिहरुको पहिचान गर्न वडा स्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने बताए ।
रुपेश कुमार सिंहको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रदेश सभा सदस्य सुरिता साह, कौशल कुमार यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेलप्रेमीसमेतको उपस्थिति थियो ।
प्रतियोगिताको उद्घाटन शत्रमा शहीद सञ्जय चौधरी, नितु यादव, दिलिप यादव, रोहन चौधरी सहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान गरेका छन् । चैत्र १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाण्डौ तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरि कुल आठ वटा टिम सहभागी रहेको आयोजक समितिले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।