• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सांसद रेशम चौधरीलाई आम माफी दिनुपर्छः संघर्ष समिति

सांसद रेशम चौधरीलाई आम माफी दिनुपर्छः संघर्ष समिति

बृजमान तामाङ
विरेन्द्र बजार, ११ चैत्र । माननीय रेशम चौधरी वचाउ अभियान संर्घष समिती सप्तरीले सांसद रेशम चौधरीलाई आम माफीको माग गरेको छ ।
समितिद्वारा सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आम माफी दिनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक रामाकान्त चौधरीले टिकापुर घटनामा साँसद चौधरी निर्दोष रहेको दावी गर्दै उनलाई आम माफी दिन माग गरे ।
जिल्ला अदालत कैलालीले टिकापुर घटनाको फैसाला प्रति गम्भिर ध्यानाकर्षण भएको वताउदै संयोजक चौधरीले पहिचान र अधिकारको लागि भएको आन्दोलनमा जोडेर थारु नेता माथि झुठामुद्धा लगाएर जन्म कैदको फैसला सुनानु अदालतले विभेदपुर्ण ब्यवहार गरेको पत्रकार सम्मेलनमा बताए । संर्घष समितीले सँँसद चौधरी लगायत ११ जनालाई जन्मकैद र १२ जनालाई ३ वर्षको सजाय तोकेको प्रति घोर आपत्ति र खेद व्यक्त गर्दै टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान खोज्न सरकारसँग आग्रह गरे ।
टीकापुर घटना छानविनका लागि वनेका विभिन्न समितिको प्रतिवेदन सार्वाजानिक गर्न माँग गर्दै पुर्व न्यायधिश गिरिश चन्द्रलाल दास नेतृत्वको समिति र सर्वदलिय सँसदिय समिती, राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुदै जिल्ला अदालत कैलालीले पुर्वग्रही निर्णय गरेको संघर्ष समितिको आरोप छ । सांसद चौधरी सहित टीकापुर घटनामा आरोप लागेकाहरुलाई विनाशर्त थुनामुक्त गर्न माग गर्दै सामजिक सद्भाव कायम राख्न थारुनेताहरु माथि लगाईएका झुठामुद्दा फिर्ता गर्नुपर्नेमा जोड दिए ।
समितीले सांसद चौधरीको जिवन रक्षाका लागि शान्तिपुर्ण संघर्षका कार्यक्रमहरु समेत पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । कार्यक्रमम अन्र्तगत प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा सभामुखलाई ज्ञपन—पत्र बुझाउने, सवै जिल्लामा वडा तथा पालिका स्तरीय सर्घष समिती गठन गर्ने र वैशाखभित्र राष्ट्रिय भेला आयोजना गर्ने कार्याक्रम रहेको तथा शान्तिपुर्ण संघर्षद्वारा माँग सम्वोधन नगरे कठोर आन्दोलन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्वअध्यक्ष महेन्द्र प्रसाद चौधरी, थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष पुर्ण प्रसाद चौधरी, थारु महिला सभा सप्तरीका अध्यक्ष सन्तोषी चौधरी लगायतका विभिन्न पहिचानवादी संघसंस्थाका प्रतिनिधी, थारु अगुवा नेताहरुको उपस्थिती रहेको संर्घष समितीका सह संयोजक कल्पना चौधरीले जानकारी दिएकी छिन् ।