• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मिनापद्वारा भव्य होरी महोत्सव सम्पन्न

जनकपुरधाम, ६ चैत्र । मिथिला नाट्यकला परिषद्द्वारा विगत वर्ष झैं यो वर्ष समेत होरी महोत्सव मनाईएको छ ।
जनकपुरधाम स्थित जानकी मन्दिर प्राङ्गणमा मङ्गलवार महोत्सव आयोजना गरिएको हो । उक्त महोत्सवको उद्घाटन प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले डम्फा बजाएर उद्घाटन गरे । कार्यक्रमा बोल्दै उनले होली पर्वले सामाजिक सद्भाव एवम् भाइचाराको सम्वन्ध विस्तार गरोस् भनी शुभकामना दिए । होली पर्व कुनै विशेष जात धर्म समुदायको नभई सबैको पर्व रहेकोले सबैले यसको संरक्षण सम्वद्र्धन हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट सात ओटा टिमको सहभागिता रहेको थियो । कडा प्रतिष्पर्धाका बीच धनुषाको जमुनीवास होरी समूह प्रथम, सप्तरीको राजविराज नगरपालिका खरसाल टिम दोस्रो तथा हरिपुर होरी समूह तृतीय स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुने विजेता समूहलाई क्रमशः आठ भरी, ६ भरी र ४ भरि चाँदीको मेडल, कप सहित पुरस्कृत गरिएको छ ।
मिथिला नाट्यकला परिषद् (मिनाप)को होली महोत्सव र महामूर्ख सम्मेलनमा मुख्मन्त्री राउतले रंग अबिर लगाएर होली खेलेका छन् । मुस्लिम समुदायबाट रहेका प्रदेश २ का मुख्यमन्त्री राउतले कार्यक्रममा सम्बोधन गर्दै होली पर्व कुनै विशेष जात धर्म समुदायको नभई सबैको पर्व रहेको बताए । उनले होली पर्वले समाजमा भाइचारा, एकता र सद्भाव कायम राख्न मद्दत गर्दै आएको बताएका छन् ।
यसैगरी यसवर्ष महामूर्ख सम्मेलनको उपाधी जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको छ ।