के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

डा. सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन (हेर्नुहोस् प्रेस विज्ञप्ति)

डा. सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन (हेर्नुहोस् प्रेस विज्ञप्ति)
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ चैत्र । सिके राउतले नेतृत्व गर्दैआएको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
सरकारसँग भएको ११ बुद्दे सहमतिपछि पहिलो पटक दुई दिनसम्म लहानमा सम्पन्न गठबन्धनको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो ।
पार्टीको अध्यक्ष सीके राउतलाई चयन गरेको बैठक पछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले सोमवार जारी गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ । पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहने र पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीको चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने जनाएको छ ।
बैठकले सरकारसँग भएको सहमति अनुरुप स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समिति गठन समेत गरेको छ । पार्टीको गठनसँगै जनमत जुटाउन जनतामा जाने र जनताबाटै संबैधानिक रुपमा जनताको समस्या, माग हकहित रअधिकारका लागि अनबरत रुपमा समर्पित र निःस्वार्थ रुपमा संघर्ष गर्ने प्रतिवद्धता बैठकमा व्यक्त गरिएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: