• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारको पाँच लाख

स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारको पाँच लाख

जनकपुरधाम, ४ चैत । हङकङमा हालै सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक विजेता सप्तरीका अजित यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार रुपैयाँ सहित पुरस्कृत गर्ने घोषणा गरेको छ ।
मन्त्री परिषद्को सोमवार सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नम्वर २ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो । हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन ।
अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन । खेलाडि अजितले सप्तरीवासीको मात्र नभई प्रदेश तथा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरेको भन्दै उनलाई थप प्रोत्साहित गर्नुपर्ने संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादवले जानकारी दिएका छन् ।