• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेशमा सञ्चार क्षेत्रलाई नमूना बनाउँछौंः मन्त्री यादव

प्रदेशमा सञ्चार क्षेत्रलाई नमूना बनाउँछौंः मन्त्री यादव

जनकपुरधाम, चैत ४ । संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
प्रेस फोरमका निर्वमान जिल्ला अध्यक्ष राम नारायण कापडिको अध्यक्षतामा सम्पन्न अधिवेशनले मण्डललाई सम्पुर्ण कार्यसमिति, प्रदेश पार्षद र केन्दिय पार्षद निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा ब्रह्मानन्द ठाकुर, अनिता यादव, सचिवमा विरेन्द्र कुमार साह, सह–सचिवमा विनय अधिकारी, कोषाध्यक्षमा निलम चौधरी र सदस्यहरुमा अयुब हुसेन, सुशील राउत, मौसम झा, रविन्द्र कुशवाहा र सुमित साहलाई चयन गरिएको छ ।
प्रदेश पार्षदमा राजकमल सिंह, मुकेश ठाकुर, अनामिका ठाकुर, लभ यादव, संजिव पराजुली र केन्द्रिय पार्षदमा रामहृदय यादव चयन भएको प्रेस फोरम धनुषाले जनाएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशभित्रको सञ्चारलाई नमूना बनाउन प्रदेश सरकारले गृहकार्य शुरु गरिसकेको बताए । सञ्चार जगतलाई व्यवस्थित र भयमुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
उद्घाटन शत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले सञ्चारकर्मीलाई कसैको लठैत नभई स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए । उद्घाटन शत्रमा पूर्व सभासद् एवम् फोरम नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उर्मिला साह, वरिष्ठ पत्रकार रामभरोस कापडि भ्रमर, संघीय प्रेश फोरमका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज आतिश कुमार मिश्र, प्रदेश समितिका उपाध्यक्ष सुरेश कुमार यादव, प्रेस चौतारीका संयोजक अवधेश कामत, प्रेश युनियनका जिल्ला अध्यक्ष राजन सिंह, फोरम नेपाल धनुषाका उपाध्यक्ष दिनेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।