के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पूर्व राजा ज्ञानेन्द्रले भने ‘ राजसंस्थाबारे जनतासँग नै सोध्नुस्’

पूर्व राजा ज्ञानेन्द्रले भने ‘ राजसंस्थाबारे जनतासँग नै सोध्नुस्’
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ चैत्र । तराई–मधेशका जिल्लाहरु भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था व्युँताउने विषयमा जनतासँग नै सोध्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
सप्तरीका छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा आइतवार पूजाआजा पश्चात सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले यस्तो जवाफ दिएका हु्न् । यो भ्रमण राजसंस्था व्युँताउने तयारी हो कि ? भनी सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा पूर्वराजा ज्ञानेन्द्रले भने ‘यो कुरा जनतासँग नै सोध्नुस् ।’
छिन्नमस्ता जाने क्रममा राजविराज प्रवेश गरेका पूर्व राजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरेका छन् । सयौंको संख्यामा रहेका सर्वसाधारणलाई उनले गाडीबाटै हात हल्लाएर तथा हात जोडेर सम्वोधन गरेका थिए । त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणको पुष्पगुच्छा तथा निवेदन समेत आफ्नै हातमा ग्रहण गरे ।
उनी दोश्रो चरणको भ्रमणका क्रममा सप्तरी आएका हुन् । जिल्ला भ्रमणकै क्रममा पूर्व मुमाबडामहारानी रत्नको स्वास्थ्य अवस्थामा समस्या आएपछि गत फागुन २२ गते भ्रमण स्थगित गरी काठमाण्डौ फर्किएका थिए । नर्भिक अस्पतालमा उपचाररत रत्नको स्वास्थ्यमा सुधार आएपछि फागुन २९ गतेदेखि उनले दोश्रो चरणको भ्रमण क्रममा सप्तरी आईपुगेका हुन् । गत फागुन ३० मा सर्लाही, चैत १ मा उदयपुर, २ गते जनकपुर भ्रमण गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र आइतवारै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा विशेष पूजाआजा गरी झापातर्फ लागेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: