• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भालुको आक्रमणमा परि एक जना घाइते

राजविराज, ३ चैत्र । सप्तरीको सप्तकोसी वडा नम्वर–१ फत्तेपुरको जङ्गलमा भालुको आक्रमणमा परि एक जना गम्भीर घाइते भएका छन् ।
फत्तेपुरमा रहेको अमाह खोलामा गिट्टी कुट्दै गरेका ५५ का मोतिलाल चौधरीलाई भालुले आक्रमण गर्दा उनको आँखामा गम्भीर चोट लागेको छ । घाइतेलाई फत्तेपुर पोलिकिल्निकमा प्राथमिक उपचार गरि बाहिर लाने तयारी रहेको पीडितका छिमेकी प्रदीप चौधरीले जानकारी दिएका छन् ।
सप्तकोसी नगरपालिकामा प्रत्येक बर्ष भालुको आक्रमणमा परि औषत रुपमा तीन जनाले मृत्यु हुने गरेको छ भने दर्जनौ घाइते भई शारिरीक रुपमा अशक्त छन् ।