• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रमाणपुरमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षती

प्रमाणपुरमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षती

राजविराज, २ चैत । सप्तरीको सुरुङ्गा नगरपालिका–९ मा शनिवार आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् ।
वडा नम्वर ९ प्रमाणपुर स्थित बद्री मण्डलको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट बद्रीसहित विद्या मण्डल, भदै मण्डल, मनोज मण्डल, भोला मण्डल, शिवा मण्डल, दशरथ मण्डल र अधिकलाल मण्डल लगायत आठ परिवारको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
शम्भुनाथ र लहान नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीमा करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ ।