• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमबीबीएस अध्ययरत डोम विद्यार्थीलाई डा. दीपाको सहयोग

एमबीबीएस अध्ययरत डोम विद्यार्थीलाई डा. दीपाको सहयोग

राजविराज, ३० फागुन । डोम समुदायबाट पहिलो पटक एमबीबीएस अध्ययनरत दिनेश कुमार मरिकलाई डा. दीपा यादवले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ९ घर भएका उनलाई राजविराज स्थित अनार भपेन्दनाथ हस्पिटल प्रा. लि.की सञ्चालक यादवले शैक्षिक सामग्री खरिद गर्न दश हजार रुपैयाँ उपलब्ध गराएका छन् । नेपाल सरकारको छात्रवृतिमा नाम निकालेर नेशनल मेडिकल कलेज विरगञ्जमा अध्ययनरत छन् ।
शैक्षिक सामग्री खरिद गर्न समस्या भएपछि दिनेशका बुवा युक्ति मरिकले डा. यादव समक्ष निवेदन दिएपछि उनलाई विहीबार सहयोग उपलब्ध गराईएको हो । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञको रुपमा कार्यरत छिन् ।
आफ्ना छोराको शैक्षिक सामग्रीकालागि सहयोग गरेकोमा दिनेशका बुवा युक्तिले डा. यादवलाई धन्यवाद् दिएका छन् । पढाई पुरा नहुञ्जेलसम्म खान, बस्न तथा शैक्षिक सामग्रीमा खर्च आवश्यक रहेकोले आवश्यक सहयोगकालागि उनले सबै पक्षसँग आग्रह गरेका छन् ।
ट्युसन फी बाहेक अतिरिक्त शुल्क पाँच लाख पच्चीस हजार तिर्नुपर्नेमा प्रदेश नम्वर सरकारको तर्फबाट करिब तीन महिना अघि तीन लाख पचास हजार सहयोग गरेको छ ।