• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रदेशको क्रिकेट टोलीमा सप्तरीका खेलाडि नपरेकोमा गम्भीर आपत्ति

प्रदेशको क्रिकेट टोलीमा सप्तरीका खेलाडि नपरेकोमा गम्भीर आपत्ति

राजविराज, २७ फागुन । मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताकालागि प्रदेश नम्वर २ स्तरीय क्रिकेट टोलीकोमा सप्तरीका एक जना पनि खेलाडि नपरेको भन्दै सप्तरी युथ नेपालले गम्भीर आपत्ति जनाएको छ ।
युथका अध्यक्ष श्रवण कुमार देवले सोमवार प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यप्रति गम्भीर आपत्ति जनाएका हुन् । क्रिकेटमा सप्तरीको आफ्नो छुट्टै पहिचान रहेको भन्दै अन्तर्राष्ट्रियस्तरको खेलमा किर्तिमानी युवा खेलाडी महबुब आलमलाई उत्पादन गरेको विज्ञप्तिमार्फत स्मरण गराईएको छ ।
प्रायः बाह्रै महिना नै क्रिकेटको गतिविधी गरिएपछि जिल्लामा राम्रैस्तरका खेलाडीहरु उत्पादन हुँदै आएको उल्लेख गर्दै विभिन्न समयमा हुने जिल्ला र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताहरु सप्तरीले जितेको समेत चर्चा गरिएको छ । प्रदेश अन्तर्गत सप्तरीमै पहिलो पटक युवा महिलाहरुलाई क्रिकेट सम्बन्धी प्रशिक्षण दिदैं प्रतियोगितामा समावेश गराइएको छ ।
प्रदेशस्तरीय क्रिकेट टिममा सप्तरीका एक जना पनि खेलाडी नपर्नु दुःखद भएको भन्दै सप्तरीकै सामाजिक विकास मन्त्री समेत रहे पनि क्रिकेट टिम बनाउँदा यहाँका खेलाडीलाई समावेश नगरिएको भन्दै अध्यक्ष भत्र्सना गरेका छन् । क्रिकेट टिमबारे पुर्नविचार गरी सप्तरीका युवा खेलाडीहरुलाई पनि समावेश गराउन माग गरिएको छ ।