• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

स्वच्छ, सफा दुध उत्पादन तथा नर्सरी व्यवस्थापन तालिम

स्वच्छ, सफा दुध उत्पादन तथा नर्सरी व्यवस्थापन तालिम

बोधराज सुवेदी
महुली, १९ फागुन । ब्यवसायिक दुग्ध उत्पादक कृषकलाई टेवा दिने उदेश्यले सप्तरीको महुलीमा सञ्चालित ६ दिने स्वच्छ, सफा दुध उत्पादन तथा नर्सरी ब्यवस्थापन तालिम आईतवार सम्पन्न भएको छ ।
नेपाल लाइभस्टक सेन्टर ईनोभेसनको विकेन्द्रित आयोजनाको सहयोगमा एकाई हेटौंडाद्वारा सञ्चालित तालिमबाट विभिन्न क्षेत्रका २५ जना पशुपालक तथा घाँस उत्पादक अगुवा किसानहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेको आयोजक संस्थाले जनाएको छ । पहिलो तीन दिनमा सैद्धान्तिक तथा अन्तिम तीन दिनमा प्रयोगात्मक कक्षाहरु गरी दुई चरणमा सञ्चालन गरिएको सो तालिममा स्वच्छ दुध तथा घाँस उत्पादन गर्ने विभिन्न तरिकाहरु तथा यसका कानूनी पक्षहरुको विषयमा जानकारी दिइएको मुख्य प्रशिक्षक डा. सुरेन्द्र यादवले जानकारी दिए ।
आयोजक संस्थाका प्रमुख डा. सुरेन्द्र यादवको अध्यक्षतामा आदर्श बहुमुुखी दुग्ध उत्पादक सहकारी संस्थाको सभा हलमा आयोजित समापन समारोहमा वक्ताहरुले पशुपालन व्यवसायलाई जीवन्त बनाउने तथा स्वच्छ दुध उत्पादन गर्ने विभिन्न आयामहरुको विषयमा चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले ब्यवसायिक पशुपालन गरी आयआर्जनमा लाग्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे ।
उनले पशुपालन ब्यवसायवाट सन्तोषजनक आम्दानी गर्न यसको लागत न्युनिकरणका विविध उपायहरु अपनाउनुपर्नेमा जोड दिए । भेटनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिराहाका प्रमुख धु्रव कुमार यादवले घाँसमा आधारित पशुपालनले दुधको उत्पादन लागत घटाउने हुँदा सिजन अनुसारको विभिन्न कोशे तथा अकोश घाँसहरु लगाउनु पर्नेमा जोड दिए । घाँसमा आधारित पशुपालनवाट मिथेन ग्याँस न्युनिकरण गर्न सहयोग पुग्ने भएकोले यो वातावरण मैत्री समेत रहेको उनले बताए ।
वरिष्ठ पशुस्वास्थ्य प्राविधिक बलदेव गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर ६ की अध्यक्ष कुसुम आचार्य, जिल्ला दग्ुध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष भुवन आचार्य, आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र आचार्य, अगुवा दुग्ध उत्पादक कृषक दुर्गानन्द चौधरी लगायतले तालिमको महत्व तथा उपलब्धीको विषयमा आ–आफ्नो धारणा राखे ।