• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्साको कब्जामा

प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्साको कब्जामा

राजविराज, १७ फागुन । सप्तरीको राजबिराजमा सञ्चालित प्रदेश नम्वर २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता उपाधि पर्साले सप्तरीलाई हराउदै चुमेको छ भने सर्लाहीले बारालाई हराउँदै तेश्रो स्थान पक्का गरेको छ ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सप्तरीले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण विकेट गुमाएर १ सय ४० रन बनाए । सप्तरीका तर्फबाट रोहन बिकले ४६ बलमा ७ चौका र २ छक्काको मद्दतले उत्कृष्ट ५४ रनको योगदान दिए । ब्याटस्म्यानमा महबुव आलमले २५ तथा विकास दासले १६ र अमित दासले १० रनको योगदान दिए । बलिङ्गतर्फ पर्साका सोहेल हवारीले ३ तथा सैदुला अंसारी र फिरोज अन्सारीले सामान २ बिकेट लिए ।
एक सय ४१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १९ ओभर १ बलमा ७ विकेटको नोक्सानीमा भेटाए । पर्साकालागि हासिम अन्सारी २९, सोनु अन्सारी २५, सैदुला अन्सारी २३ तथा सैफुला अन्सारीले नटआउट १७ रनको योगदान दिए । बलिङ्गतर्फ सप्तरीका बिवेक यादवले ३ तथा बिकास दास, रोहित सिंह र महबुव आलमले सामान १ विकेट लिए । खेलको म्यान अफ द म्याच पर्साका सैदुला अन्सारी घोषित भए ।
तेश्रो स्थानको लागि भएको पहिलो खेलमा सर्लाहीले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा १ सय ३९ रनको योगफल तयार पारे । सर्लाहीका लागि सोहन यादव ३२, सुभाष पण्डित २७, समसाद सेख २३, रोशन पुलामि १२ तथा मेराज मेकरानीले नटआउट रहि १३ रनको योगदान दिए । बलिंग तर्फ बाराका आदिल खाँन र भुलावन साहनीले सामान २ बिकेट तथा कुमार थापा र दिपक कुमार तितुंगले सामान १ बिकेट लिए ।
एक सय ४० रनको लक्ष्य लिई मैदानमा ओर्लेको बारा २० ओभरमा ८ बिकेटको नोक्सानीमा १ सय १० रन मात्र जोडे । बाराका लागि तिर्थराज दास ३०, शिव तन्डुकार २०, शंकर पौडेल १४ तथा सुभाष यादवले १५ रनको योगदान दिए । बलिङ्गतर्फ सर्लाहीका सन्दिप खडका र समसाद सेखले सामान २ बिकेट तथा सुशान्त सिंह, मेराज मेकरानी र रोशन सिंहले सामान १ विकेट लिए । खेलको म्यान अफ द म्याच सर्लाहिका समसाद सेख घोषित भए ।
समापन समारोह जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यतामा तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको उपाध्यक्ष धिरेन्द्र विश्वकर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर झा, सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेल, प्रतियोगिताको संयोजक रवी राय लगायतले बिजेता उपबिजेता खेलाडिहरुलाई प्रमाण पत्र तथा मेडल वितरण गरे । कार्यक्रम सञ्चालन प्रतियोगिताको संयोजक रवी रायले गरे ।