• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी क्रिकेट संघद्वारा सुरेन्द्रनाथ र तृपित सम्मानित

सप्तरी क्रिकेट संघद्वारा सुरेन्द्रनाथ र तृपित सम्मानित

राजविराज, १७ फागुन । प्रदेश नम्वर २ स्तरीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगतको शुक्रवार आयोजित समापन कार्यक्रममा सप्तरी क्रिकेट संघद्वारा सुरेन्द्रनाथ सिंह तथा तृपितनारायण साहलाई सम्मान गरिएको छ ।
विगत ३७ वर्षदेखि सप्तरीको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै सुरेन्द्रनाथ सिंहलाई ताम्रपत्र तथा खादा ओढाएर सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सम्मान गरेका छन् । सुरेन्द्रनाथ सिंहले उत्पादन गरेका महत्वपुर्ण खेलाडिमध्ये किर्तिमानी क्रिकेटर महबुव आलम, दिपेन्द्र चौधरी, सन्दिप श्रेष्ठ तथा शैलेन्द्र खड्का लगायतको तर्फबाट महबुव आलमले निजलाई ट्रयाकसुट, स्पोर्टस जुत्ता, मायाको चिनो तथा प्रशंशा पत्र सहित खादा ओढाएर सम्मान गरिएको छ । यसैगरी अम्पाएर स्कोरर संघ सप्तरीका तर्फबाट संयोजक निरज सिंह तथा रोशन मण्डलले संयुक्त रुपमा कदर पत्र सहित खादा ओढाई सम्मान गरेका छन् ।
सप्तरी क्रिकेटसंघले जिल्ला खेलकुद विकासमा विगत ३० बर्षदेखि कार्यरत तृपित नारायण साहलाई समेत ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।