• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

हेल्प मधेशीद्वारा मृतक दाजुभाइका परिवारलाई आर्थिक सहयोग

हेल्प मधेशीद्वारा मृतक दाजुभाइका परिवारलाई आर्थिक सहयोग

राजविराज, १७ फागुन । हेल्प मधेशी साउदी अरब र हेल्प मधेशी कतार च्याप्टरद्वारा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्वर १७ कनरपटिका मृतक दाजुभाइका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
कनरपटिका बिरेन्द्र साह र सुरेन्द्र साह दुई दाजुभाइको वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर करिब सात महिना अघि मृत्यु भएको थियो । घरको आर्थिक अवस्था कमजोर रहेकोले हेल्प मधेशी साउदी अरब र हेल्प मधेशी कतारद्वारा मृतक दाजुभाइ परिवारलाई संयुक्त रुपमा आर्थिक सहयोग प्रदान गरिएको हो । हेल्प मधेशी साउदी अरबद्वारा ४१ हजार र हेल्प मधेशी कतारद्वारा २१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईयो ।
रकमको चेक निज मृतकहरुका बुवा बौकु साहलाई जम्मा ६२ हजार रुपैयाँको चेक प्रदेश सभा सदस्य राम आशिष यादव र हेल्प मधेशी नेपालको अध्यक्ष राम उदगार यादवले हस्तान्तरण गरेका छन् । हेल्प मधेशीद्वारा गरिएको यो कार्य अति नै सराहनीय भएको भन्दै पीडित परिवारले प्रशंसा गरेका छन् । यसरी नै पीडितलाइ निरन्तर रुपमा सहयोग गर्दै आइरहेकोमा प्रदेश सभा सदस्य प्रदेश सभा सदस्य यादवले बताए । उक्त अवसरमा हेल्प मधेशी नेपालका उपाध्यक्ष बिनोद दास , कोषाध्यक्ष फूल कुमारी यादव, हेल्प मधेशी कतारका केन्द्रिय उपाध्यक्ष विशेश्वर यादव लगायत स्थानीयवासिन्दाको समेत उपस्थिति थियो ।