Top_Header_Right_Add

करेन्ट लागेर बाबुको मृत्यु, छोराको अवस्था गम्भीर

करेन्ट लागेर बाबुको मृत्यु, छोराको अवस्था गम्भीर

राजविराज, १६ फागुन । सप्तरीमा करेन्ट लागेर बाबुको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।
सप्तरीको खडक नगरपालिका वडा नम्वर–९ लिलजा टोलका ३५ वर्षिय बिरेन्द्र चौधरीको करेण्ट लागेर मृत्यु भएको हो । उनका छोरा १२ वर्षिय कृष्णको अवस्था गम्भिर रहेको छ । घर बनाउने क्रममा छड सिधा पार्ने क्रममा छडले बिजुलीको तार छोएर दुवैलाई करेन्ट लागेको थियो ।
घाईते अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि सिरहाको लहान स्थित राउ स्मारक अस्पतालमा भर्ना गरिएकोमा विरेन्द्रको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिएका छन् ।
छोरा कृष्णलाई थप उपचारका लागि बिराटनगर पठाईएको छ । यता घट्नाको थप अनुसन्धान भईरहेको तिम्सिनाले बताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer