• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सशस्त्र प्रहरी जवानद्वारा महिलामाथि कुटपीट

सशस्त्र प्रहरी जवानद्वारा महिलामाथि कुटपीट

राजविराज, १२ फागुन । सप्तरीमा एक सशस्त्र प्रहरी जवानले एक सर्वसाधारण महिलालाई कुटपीट गरेका छन् । भन्सार छली गरी सामान ल्याएर प्रहरीलाई पैसा नदिएको भन्दै महिलामाथि कुटपीट गरेका हुन् । सशस्त्र प्रहरी बल तिलाठी बेस क्याम्पका जवान दिपेन्द्र झाले वरही विरपुर गाउँपालिका १ की अरुणदेवी यादवलाई कुटपीट गरेका छन् । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतामा उपचाररत महिलाको नाक तथा छातिमा चोट देखिएको स्वास्थ्यकर्मीले जानकारी दिए ।
कुनौली बजारवाट सामान लिएर आउँदा प्रहरी जवान झाले ५ सय रुपैया मागेको र पैसा नदिने भनेपछि कुटपीट गरेको यादवले बताईन् । आफुले भन्सार कटाएर सामान ल्याएकाले पैसा नदिएको उनको दावी छ । सिमा सुरक्षा कार्यालय राजविराजका डिएसपी नविन वोगटीले प्रहरीले हप्ता असुली र महिलालाई कुटपीट गरेका विषय गलत भएको भन्दै प्रहरीलाई वदनाम गराउन खोजिएको दावी गरेका छन् ।