• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

प्रदेश मात्र नभई देशको समृद्धि कृषिमै निर्भर छः मन्त्री साह

लहानको पडरियामा २२ करोडको लागतमा शीतभण्डार
प्रदेश मात्र नभई देशको समृद्धि कृषिमै निर्भर छः मन्त्री साह

राजविराज, १२ फागुन । सिरहाको लहानमा साढे २२ करोडको लागतमा शीतभण्डार निर्माण हुने भएको छ ।
प्रदेश २ को भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शनिवार शीतभण्डारको शिलन्यास गरेका छन् । लहान नगरपालिका ११, पडरियामा १ हजार ५ सय टन क्षमताको शीतभण्डार निर्माणको काम तीन वर्षभित्र सम्पन्न हुनेछ ।
प्रदेश सरकारको अनुदान सहयोग तथा सप्तरीको शुभनारायण कृषि ब्यवसायीक फार्म विष्णुपुर १ को साझेदारीमा शीतभण्डार निर्माण हुनेछ । शीत भण्डारका लागि १ विगाह जमिन लिजमा लिईएको फार्मका अध्यक्ष सुरेन्द्र यादवले बताए । प्रदेशका आठ वटै जिल्लामा शितभण्डार निर्माण गर्ने मन्त्रालयको कार्यक्रम अन्तर्गत सिरहामा पनि निर्माण सुरु गरिएको मन्त्री साहले बताए ।
प्रदेश नम्वर २ को समृद्धिको आधार नै कृषि भएकाले किसानको उत्पादकत्व वृद्धि, उत्पादनको सुरक्षा, विक्री वितरणको व्यवस्थापन लगायतका विषयमा सरकारले योजनावद्ध रुपमा काम गरिरहेको उनले वताए । ‘मुलुक कृषि प्रधान देश हो भन्दै प्रचार गर्ने वाहेक संघिय सरकारले केही गरेन’ मन्त्री साहले भने–‘अव प्रदेश सरकारले साँच्चै नै किसानका पक्षका काम गर्छ ।’
किसानको उत्पादन भण्डारण गर्ने स्थान नहुँदा ब्यापारीले निर्धारण गरेको मुल्यमा कृषि उपज विक्रि गर्नु पर्ने अवस्थालाई प्रदेश सरकारले अन्त्य गर्ने मन्त्री साहले दावी गरे । ‘आफ्नो उत्पादन चाहेको वेला र उचित मुल्यमा विक्रि गर्ने अवस्था श्रृजना गर्न हामी प्रयासरत छौं’ उनले थपे–‘अव किसान युग सुरु हुन्छ, प्रदेश मात्र नभई देशको समृद्धि कृषिमै निर्भर छ ।’
शुभनारायण कृषि ब्यवसायिक फार्मका अध्यक्ष सरेन्द्र यादवको अध्यक्षतामा आयोजित शीतभण्डार सिलन्यास कार्यक्रममा लहान नगरपालिकाको विभिन्न वडाका वडाअध्यक्ष, नेकपाका जिल्ला सदस्य राजेन्द्रप्रसाद साह, नगर अध्यक्ष सचितानन्द चौधरी, संघीय प्रेस फोरमका प्रदेश नम्वर २ का अध्यक्ष श्यामसुन्दर यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य चलितर महतो, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।