• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शिविरमा हृदयघात भएर एक वृद्धको मृत्यु

राजविराज, ७ फागुन । नेपाली सेनाको सहयोगमा स्वाथ्य मन्त्रालयद्वारा राजविराजमा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका लागि आएका एक ब्यक्तिको मङ्गलवार विहान मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–६ धरमपुरका करिव ६५ वर्षिय गंगा मोचीको मृत्यु भएको हो । मुटु तथा उच्चरक्तचापको रोगी रहेका मोची शिविरको अस्थायी शौचालयमा मृत अवस्थामा फेला परेका छन् । उनलाई हृदयघात भएर मत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
पत्नि धनेश्वरी र छोरी सहित उनी उपचारका लागि सोमवार राजविराज आएका थिए । नाम दर्ता गराउन नसकेपछि उनी शिविर सञ्चालित पवि माविको कम्पाउण्डमै वसेका थिए । विहान करिव ५ वजे शौचालय गएका मोचि लामो समयसम्म फर्केर नआएपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको पत्नि धनेश्वरीले वताईन ।
उक्त विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर गुरु तिमल्सिनाले बताएका छन् ।