के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीका राससकर्मी यादव पुरस्कृत

प्रदेश स्तरीय प्रेस काउन्सिल स्थापना गरिनेः मन्त्री यादव
सप्तरीका राससकर्मी यादव पुरस्कृत
Bwtech New Add With Software & Bull SMS

राजविराज, ७ फागुन । विगत दश बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सप्तरीका पत्रकार अरुण कुमार यादव सोमवार जनकपुरमा आयोजित वार्षिकोत्सवमा पुरस्कृत भएका छन् ।
राससको ५८औं वार्षिकोत्सवको अवसरमा प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरधाममा आयोजित संघीय संरचनामा राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले राससकर्मी यादवलाई नगद रु पाँच हजार सहित पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत यादव विगत दश बर्षदेखि विभिन्न सञ्चारमाध्यम हुँदै अहिले रासस सप्तरी समाचारदाताका रुपमा कार्यरत छन् । उनलाई राससमा प्रदेश नम्वर २ बाट उत्कृष्ट समाचारदाताका रुपमा पुरस्कृत गरिएको छ ।
सोही अवसरमा कानुन मन्त्री ज्ञानेन्द्र यादवले राससलाई संघीय संरचना अनुसार कसरी अगाडि बढाउने लगायतका सुझाव सहितको प्रदेश सरकारलाई बुझाएको प्रस्तावना प्रति सरकार गम्भिर रहेको बताए । उनले प्रदेश सरकारबाट सदनमा दर्ता गराईएको सञ्चार सम्बन्धी विधेयकमा यस प्रस्तावलाई समेट्ने प्रयास गरिएको उल्लेख गरे ।
प्रदेश सरकार राससका लागि छुट्टै बिनियमावली बनाएर अघि बढ्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । विभिन्न पक्षबाट व्यापक छलफल गरेर सरकारले संसदमा सञ्चार सम्बन्धी विधेयक दर्ता गराएको र फागुन १५ गते बस्ने प्रदेश सभा बैठकमा यसलाई प्रस्तुत गरिने जानकारी दिदै फागुन मसान्त भित्रै सो विधेयक पारित गराएर प्रदेश स्तरीय प्रेस काउन्सिल समेत स्थापना गर्ने समेत उनले बताए ।
मन्त्री यादवले सञ्चार क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रदेश सरकारले कुनै अंकुश नलगाउने प्रतिबद्धता व्यक्त गरे । सञ्चार क्षेत्र बलियो भए मात्र संघीय र प्रदेश बलियो हुने भएकोले सञ्चार क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकारले सञ्चार सम्बन्धी विधेयक ल्याउन लागेको स्पष्ट पारे ।
कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले समय सापेक्ष रुपमा राससले पनि आफ्नो सेवामा स्तरियता बढाउँदै जानु आवश्यक रहेको बताए । राससले सरकार र जनता बीच पुलको भूमिकामा अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अर्का वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले सरकारले राससलाई प्रतिस्पर्धी र त्यसमा कार्यरत सञ्चारकर्मीहरुको जीवनवृति, विकासमा ठोस नीति बनाउन आवश्यक रहेको बताए । रासस प्रदेश २ का प्रमुख हिमांशु चौधरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, महासंघका प्रदेश २ महासचिव किरण कर्ण, महासंघका धनुषा अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश २ अध्यक्ष अशोक दत्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा राससको स्थापनाकाल मै राससका लागि समाचार संकलन गरि योगदान पुर्याए वापत वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । राससमा प्रदेश २ बाट उत्कृष्ट समाचारदाताको रुपमा सप्तरीका अरुण कुमार यादव, उत्कृष्ट आलेख तर्फ संजित कुमार मण्डल (महोत्तरी) र उत्कृट फोटो तर्फबाट विजयकुमार महतो (पर्सा) लाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट हुनेहरुलाई कदरपत्र सहित जनही नगद ५ हजार रुपैयाँको दरले मन्त्री यादवले
पुरस्कार प्रदान गरे । राससका धनुषा सम्वाददाता अजयकुमार साहले सञ्चालन गरेको उक्त कार्यक्रममा राससका सिरहा प्रमुख राजु विश्वकर्माले राससको संक्षिप्त इतिहास र महत्वबारे प्रकाश पारे ।

Online Saptari

About The Author

%d bloggers like this: