के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अङ्गीकृत नागरिकलाई वंशज सरहको अधिकार दिन मिल्दैनः उप–प्रम पोखरेल

अङ्गीकृत नागरिकलाई वंशज सरहको अधिकार दिन मिल्दैनः उप–प्रम पोखरेल
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ फागुन । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई वंशज सरह अधिकार दिए रैथानै मधेशीहरु अन्यायमा पर्ने भएकोले यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएका छन् ।
सप्तरीको राजविराजमा सोमवार कार्यकर्ता भेंटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सेना प्रमुख लगायतका प्रमुख पदहरुमा जाने अधिकार अंगिकृत नागरिकलाई हुन नदिने चेतावनी दिदै उनले भने ‘नागरीकता सम्वन्धी प्रावधानमा केही दलले असन्तृष्टि व्यक्त गर्दै आएको छ, यो सरासर गलत छ, अंगीकृत नागरिकताधारीले बंशज सरह अधिकार पाए यहाँका रैथाने भूमीपुत्र मधेशीहरु नै अन्यायमा पर्ने भएकोले यस्तो कार्य हामी कदापि हुन दिन्नौं ।’
देशमा १ सय २५ भन्दा जातजातीको बसोबास रहेको भन्दै छुट्टा–छुट्टै भेषभुषा, रहनरहन एवम् संस्कृति देशको पहिचान भएको बताए । तराई, पहाड र हिमाल एक–अर्काको पुरक भएको भन्दै सदियौंदेखिको सद्भावलाई अझ मजबुत बनाउनुपर्नेमा उप–प्रधान तथा रक्षामन्त्री पोखरेलले जोड दिए ।
‘संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्म दुई तिहाईको कम्युनिष्ट सरकार दुनियाँमा कहि–कतै छैन’ भन्दै उनले यहि अवस्थालाई देखेर कम्युनिष्ट विरोधी देशी÷ शक्तिहरु आत्तिएको आरोप लगाए । ‘उनीहरुलाई अव हामी सक्कियौं भन्ने लागेको छ, हातमा मसाल वोकेर ागो लगाउन हिडेका छन्’ नेता पोखरेलले भने ‘कहिले डा. केसी त कहिले निर्मला पन्तको मुद्दामा झोसीरहेका छन्, पछिल्लो पटक वाइड वडिमा झोसे । तर आगो लागेन ।’
विरोधीहरु जति नै छट्पटाए पनि तत्कालिन एमाले र माओवादीले जारी गरेको संयुक्त घोषणा पत्र सरकारले अक्षरशः पालना गर्ने उप–प्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले जग हाल्ने काम मात्र भएको भन्दै पर्खाल र झ्याल ढोका लगाउने कार्य आगामी बजेटबाट हुने बताए ।
पहिलो वजेटवाट हामीले ज्येष्ठ नागरिकको स्वास्थ्य विमा गरेको भन्दै आगामी वजेटमा ५ हजार भत्ताको कुरा समेत पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । एमाले–माओवादी एकता लहडको भरमा नभई जनता र कार्यकर्ताको चाहना तथा देशको आवश्यक्ताका आधारमा भएको उनले बताए ।
स्थानीय स्तरमै पार्टी एकता गर्ने छुट दिनुपर्नेमा हरेक कुरालाई केन्द्रिकृत गर्ने मानसिकताले एकता प्रकृया अल्मलिएको उनले टिप्पणी गरे । ‘स्थानीय नेता तथा कार्यकर्तालाई आपसमा बसेर समस्याको समाधान खोज्न आग्रह गर्दै स्थानीय स्तरमा गरिएको निर्णयलाई केन्द्रले आत्मसात गर्ने प्रतिवद्धता समेत नेकपा नेता समेत रहेका पोखरेलले व्यक्त गरे ।
पार्टीका जिल्ला समायोजन समितिका संयोजक अशोक कुमार मण्डल ‘अमरको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले सप्तरी जिल्लाको समस्याबारे ध्यानाकर्षण गराए । स्वागत मन्तव्य प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले गरे भने सञ्चालन नेकपा नेता महेश यादवले गरे । उक्त कार्यक्रममा पूर्वमन्त्री उमेश कुमार यादव, नेकपाका नेता, पूर्वमन्त्री, संघीय तथा प्रदेश सांसद सहित विभिन्न तहका कार्यकर्ताहरुको उपस्थिति थियो ।
मन्त्री पोखरेलले नेपाली सेनाको सहयोगमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित वृहत स्वास्थ्य शिविरको अवलोकन समेत गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: