• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वजातीयहरु एकजुट हुनुपर्नेमा अध्यक्ष साहको जोड

हलुवाई समाजको नगर अधिवेशन सम्पन्न
स्वजातीयहरु एकजुट हुनुपर्नेमा अध्यक्ष साहको जोड

राजविराज, ४ फागुन । हलुवाई समाज नेपालका केन्द्रिय अध्यक्ष शिवनारायण साह ‘सुरज’ले हलुवाई जाति अन्तर्गत विभिन्न नामबाट चिनिने स्वजातीयहरु एकजुट भएर अधिकारकालागि अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सप्तरीको राजविराज स्थित गणिनाथ मन्दिरको बैठक कक्षमा शनिवार आयोजित समाजको नगर अधिवेशनलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । हलुवाई भनाउने मधेशीया, मघैया, कान्यकुब्ज, कनौजिया, तिनमूलिया, ६ मूलिया, नौ मूलिया सहितका पंघैतबाट चिनिने सम्पूर्णलाई जातीय हक अधिकारकालागि एकजुट हुन अध्यक्ष साहले आग्रह गरे । जनकपुरमा आगामी चैत्र १६ गतेदेखि आयोजना हुन लागेको राष्ट्रिय अधिवेशन तथा अन्तर्राष्ट्रिय भेलाको तयारीमा जुटुनुका साथै सहभागी हुन समेत उनले आग्रह गरे ।
कार्यक्रममा प्राध्यापक दिलिप साहले हलुवाई जातिका बालबालिकालाई शिक्षामा जोड दिएर सक्षम बनाउनुपर्नेमा जोड दिए । पसलमा आ–आफ्ना बालबालिकालाई पसलमा नराख्न आग्रह गर्दै उनले भने ‘विवाहमा दहेज लेनदेन बन्द गर्नुपर्ने, अक्षयकोष स्थापना तथा तथा स्वजातीय एकतामा ध्यान दिनु आवश्यक छ ।’ विन्देश्वर प्रसाद साह ‘बिन्दी’ जातीय एकतामा जोड दिँदै सङ्गठित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
नगर अध्यक्ष लक्ष्मण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका केन्द्रिय कोषाध्यक्ष शत्रुध्न प्रसाद साह, सदस्य शिवजी साह, सप्तरी जिल्ला बार एसोसिएसनका अध्यक्ष रामानन्द साह, नागेश्वर साह, ओबिसीका उपेन्द्र साह, सन्तोष साह, प्रदिप साह लगायतले मन्तव्य व्यक्त गरे ।