Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मधेश आन्दोलनका घाइते देवनारायण पुत्रलाई अष्ट्रेलियाबाट पढाई खर्च

मधेश आन्दोलनका घाइते देवनारायण पुत्रलाई अष्ट्रेलियाबाट पढाई खर्च
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ फागुन । सप्तरीको भारदह निवासी मधेश आन्दोलनका जिउदो शहिद देवनारायण विश्वासको छोरा शिवनारायणलाई शरिन ख्युङ्वा तामाङले आर्थिक सहयोग गरेकी छिन् ।
सि.ए. पढ्नको लागि एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलियाबाट कलेजमा लाग्ने सम्पूर्ण खर्चको सहयोग जुटे पनि परिवारको आर्थिक अवस्थाको कारण उनलाई काठमाण्डौमा बस्न र खान समस्या भएपछि केही साता अघि सहयोगको लागि याचना गरिएको थियो । उक्त याचनालाई सात समुन्द्र पार प्रवासमा रहेका शरिन ख्युङ्वा तामाङले शिवनारायणलाई काठमाण्डौं बस्न, खान र सामान्य पकेट खर्चको लागि ७ हजार प्रति महिनाको हिसाबले एक वर्षको खर्च सहयोग गर्ने वाचाको साथ तत्काल ४ महिनाको खर्च सहयोग पठाएकी छिन् । उक्त रकम हाल समाजिक अभिन्ता सरोज रायको जिम्मेवारीमा रहेको छ । असहायलाई सहयोगको लागि तत्पर रहने शरिन वैदेशिक रोजगारमा समस्यामा परेका कामदारहरूलाई समेत उनले सहयोग गर्दै आएको राजले जानकारी दिए ।
शिवनारायणको सि.ए. पढ्ने सपना साकार पार्न शरिनको यो सहयोगले ठुलो टेवा पुग्ने रायको विश्वास छ । उनले ‘न्यूज टुडे’सँग संक्षिप्त कुराकानी गर्दै उनले भने ‘शिव र उनका परिवार लगायत व्यक्तिगत तर्फबाट शरिनलाई धन्यवाद दिन चाहन्छु, हाम्रो सपनालाई साकार पार्नमा वहाँले ठूलो योगदान दिनुभएको छ ।’

Online Saptari

About The Author

%d bloggers like this: