Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

राजविराज, २९ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती (दङ्गल) प्रतियोगिताको आयोजना गरिएको छ ।
वि.सं. २०४२ सालको राजदरबार बम काण्डका नाइके रहेको आरोप लगाउँदै वेपत्ता पारिएका सहिद सांकेत चन्द्र मिश्रको सम्झनामा अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल–भारतका महिला र पुरुष गरि ४८ जना कुश्तीवाजको सहभागीता रहेको जनाएको छ ।
सरस्वती पुजा समिति तिलाठीले आयोजना गरेको तीन दिवसीय प्रतियोगिताको पहिलो दिन नेपालका २ महिला र १६ पुरुष तथा भारतका ४ महिला र २० जना पुरुषबीच खेल भएको छ ।
प्रतियोगितामा भारतका चण्डीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा र दरभंगा तथा नेपालको सप्तरी, सिरहा, सुनसरी, बारा, पर्सा, रौतहट, कपिलवस्तु र मोरङ्ग जिल्लाका कुश्तीवाजहरु सहभागीता छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।