• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पुनः सिमा निर्धारण गरेर केरा किसानको समस्या समाधान हुन्छः मन्त्री साह

पुनः सिमा निर्धारण गरेर केरा किसानको समस्या समाधान हुन्छः मन्त्री साह

राजविराज, २८ माघ । प्रदेश नम्वर २ का भुमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कोशी टप्पु वन्यजन्तु आरक्षको पुनः सिमा निर्धारण गरेर भए पनि वन्यजन्तुको आतङ्क समाधान गरिने बताएका छन् ।
सोमवार सप्तरीको भारहका जंगली जनावर पीडित किसानहरुसँग भेटघाटपछि मन्त्री साहले यस्तो बताएका हुन् । ‘कोशी टप्पु वन्य जन्तु आरक्ष प्रदेश १ मा छ, तर क्षती जति प्रदेश २ का किसानले भोग्नु परेको छ’ मन्त्री साहले भने –‘यस विषयमा सरकारमा कुरा उठेको छ । यसको पुनः सिमा निर्धारण गरेर भएपनि समस्या समाधान हुन्छ ।’
हनुनमानगर कंकालिनि नगरपालिका सहित कञ्चनरुप, सप्तकोशी नगरपालिका तथा तिरहुत, रुपनी, अग्नीसाईर कृष्णासवरण गाउँपािलका लगायतका स्थानीय तहका हजारौं किसान हात्ती, वंगुर, वदेल, अर्नालगायतका जंगली जनावरका कारण पीडित भएको विषयमा सरकारमा कुरा उठेको उनले जानकारी दिए । ‘अव आरक्ष र मध्यवर्ती क्षेत्रका नाममा जनताले दुःख पाउनु हुँदैन’ मन्त्री साहले थपे– ‘कोशी टप्पु वन्यजन्तु आरक्षका जनावर आरक्षले नै नियन्त्रण गर्नुपर्छ ।’ संघिय सरकारले पहल नगरे प्रदेश सरकारले नै कानुन वनाएर जंगली जनावर नियन्त्रण गर्ने मन्त्री साहले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका मुख्य सचिव शम्भु झाले केरा किसानहरुको समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्नुपर्नेमा जोड दिए । भारदहको केरा खेती जिल्लाको मात्र नभई प्रदेशकै पहिचान भएकोले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका संघीय प्रेस फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादवले भारदहको केरा खेती प्रदेशमै नमूना रहेको भन्दै केरा जोनको रुपमा घोषणा गरी केरालाई ब्राण्डिङ्ग गरेर देश विदेशमा पुर्याउनुपर्नेमा जोड दिए । भारदहका किसानहरु एकदमै पीडित रहेको भन्दै पत्रकार यादवले केरा खेतीलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विशेष प्याकेज ल्याउनुपर्ने उनले आवश्यकता औंल्याए ।
स्थानीय केरा किसानहरुको गुनासो सुन्न भारदह पुगेका मन्त्री साहले खेतसम्म पुग्न सडक निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनले हात्ती लगायत जंगली जनावरले क्षती गरेको केरा खेतीको निरिक्षण समेत गरेका छन् । भारदहका करिव २ सय किसानले ५० हेक्टर जमिनमा केरा खेती गर्दै आएका छन् ।
कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य जगदेव यादव, नेकपाका प्रदेश सदस्य भागवत यादव, तात्कालिन भारदह गाविसका पूर्व अध्यक्ष पवन मण्डल, फोरमका विनोद माझी, विरेन्द्र राउत, बुलबुल यादव, बासुदेव लौंगी लगायतका वक्ताहरुका साथै स्थानीय केरा किसानहरुले मन्त्री साह समक्ष समस्या राखेका छन् ।