Top_Header_Right_Add

समृद्धिको लागि नीति र नियत दुवै स्पष्ट हुनु पर्दछः मुख्यमन्त्री राउत

समृद्धिको लागि नीति र नियत दुवै स्पष्ट हुनु पर्दछः मुख्यमन्त्री राउत

जनकपुरधाम, २८ माघ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको लागि नीति र नियत दुबै स्पष्ट हुनु पर्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगले सोमवार जनकपुरमा आयोजना गरेको १५ औ योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस्तो कुरा बताएका हुन् । नियत स्पष्ट नभए पछि नीति कार्यान्वयन नहुने उल्लेख गर्दै सरोकारबलाहरुलाई नियत समेत स्पष्ट गर्न उनले आग्रह गरे ।
देशले यस वर्ष १४ वटा पञ्च वर्षिय आवधिक योजना बनाइ सके पनि उपलब्धि हासिल गर्न नसक्नुको कारणहरु औल्याउदै आगामी दिनमा अघि बढ्नुपर्ने उल्लेख गरे । तलदेखि माथिसम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याहरुले लक्ष्य प्राप्तिमा अवरोधक बनि रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यस्ता कुशासन अन्त्य गर्ने काम आफै वाट शुरु गर्नु पर्ने उल्लेख गरे ।
कुल १३६ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्ष भित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाए । रकम छर्ने साना योजनाहरुले समृद्धिको बाटो पहिल्याउन नसक्ने जिकिर गर्दै उनले अबको विकास ठोस प्रकारको हुनु पर्ने बताए । उनले भने ‘ ५० हजार एक लाखको योजना छनौट तिर हामी नलागौ ठोस योजनाहरुको पहिचान गरौं, जसले हामीलाई समृद्ध बनाउँछ ।’
केन्द्रितकृत मानसिकताले अहिले पनि संघीयतालाई धरापमा पार्न खोजि रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आफनो काम कर्तव्यले संघीयतालाई बलियो बनाउने जिम्मेवार प्रदेश र स्थानीय सरकारको हाथमा रहेको दावी गरे । मुख्यमन्त्री राउतले कृषि , उद्योग र पर्यटन मुख्य आधार भएको प्रदेश नम्वर २ का लागि त्यसै अनुरुपको योजनाहरु निर्माण गरि दिन योजना आयोगसँग आग्रह समेत गरे । उनले हुलाकी सडक, सुनकोशी, कमला डाइभर्सन, स्पष्ट औद्योगिक नीति जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा सहितका वक्ताहरुले आफनो मन्तव्य व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer