के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पत्रकार सन्यासी जस्तै हुनुपर्छः प्रदेश प्रमुख

पत्रकार सन्यासी जस्तै हुनुपर्छः प्रदेश प्रमुख
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ माघ । प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै हुनुपर्ने बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकीय स्थलमा शनिवार आयोजित नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार सन्यासी जस्तै निस्वार्थ भएर देश र समाजको बिषयमा चिन्तित रहँदै कलम चलाउनुपर्नेमा उनले जोड दिए ।
पत्रकार सन्यासी जस्तै आर्थिक रुपमा कमजोर भए पनि सरकार तथा नेतृत्ववर्गलाई समय समयमा सही मार्गदर्शन गराउँदै मार्गदर्शकको भुमिका निर्वाह गर्दै आईरहेको भन्दै प्रशंसा समेत गरे । पत्रकारहरुले व्यवसायिक पत्रकारिता गरे पत्रकारिताको गुणवत्ता समाप्त भएर जाने बताउँदै उनले भने ‘पत्रकार कहिले पनि सुविधाभोगी हुनु हँुदैन, व्यवसायिकतातर्फ गयो भने उसको गुणवत्ता समाप्त हुन्छ ।’
देशमा संघीयता अभ्यासका क्रममा रहेको भन्दै जनताका ईच्छा आकांक्षा बढी हुनु स्वाभाविक भएको बताउँदै चौतर्फी रुपमा भ्रष्टाचार समेत मौलाउँदै गएकोले पत्रकारहरुले सही ठाउँमा ल्याउन सशक्त रुपमा कलम चलाउनुपर्नेमा प्रदेश प्रमुख कायस्थले जोड दिए । नेपालको पत्रकारिता समेत विकासको क्रममा रहेको भन्दै यसलाई थप व्यवस्थित गर्न सरकारी स्तरबाट प्रयास हुनुपर्ने उनले बताए ।
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व पत्रकार कृष्णराज वर्माले करिब ६ दश अघि आफुले शुरु गरेको पत्रकारिताबारे चर्चा गरे । पत्रकार जनताको प्रतिनीधित्व गर्ने सशक्त आवाज भएकोले जतिबेला पनि समाज र देशको हितमा कलम चलाउनुपर्नेमा उनले चर्चा गरे । पत्रकारहरुले खोजमूलक समाचारहरुलाई प्राथमिकताका साथ जनसमक्ष ल्याउनुपर्नेमा वरिष्ठ राजनीतिज्ञ वर्माल जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, पूर्वमन्त्री हेमराज तातेड, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संघीय प्रेस फोरमका केन्द्रिय सदस्य बैद्यनाथ यादव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, पैस युनियनका जिल्ला अध्यक्ष रामनारायण विश्वास, महासंघका पार्षद् शिवनारायण साह, प्रेस सङ्गठनका खगेन्द्र कार्की, प्रेस मञ्चका अध्यक्ष शुभचन्द्र झा लगायतले मन्तव्य व्यक्त गरे । महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको सञ्चाल सचिव जितेन्द्र कुमार झा, स्वागत मन्तव्य महासंघका सल्लाहकार समेत रहेका तयारी समितिका संयोजक श्रवण कुमार देव तथा धन्यवाद् ज्ञापन महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले गरे ।
विशिष्ठ योगदान पु¥याउने व्यक्तित्व सम्मानित
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारिताको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याउने पत्रकारहरुलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व सम्पादक कृष्णराज वर्मा, पूर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता, जेठा पत्रकार शिशु प्रसाद देवकोटा र कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष शिवनारायण साहलाई प्रमुख अतिथि प्रदेश प्रमुख कायस्थले दोसल्ला तथा सम्मानपत्रका साथ सम्मानित गरेका छन् । सप्तरी जिल्लामा कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. नामक सञ्चारगृह स्थापना गरी जिल्लामै पहिलो पटक अफसेट प्रविधिबाट दैनिक तथा साप्ताहिक पत्रिका प्रकाशन गरी व्यवसायिक पत्रकारिताको विकासका साथै मिडिया मार्फत राजनीतिक परिवर्तनहरुमा समेत योगदान पुर्याएको भन्दै महासंघले साहलाई सम्मान गरेको छ ।
यसैगरी महासंघको साधारणसभामा विशेष सहयोग पुर्याएको भन्दै कञ्चनरुप नगरपालिकाका मेयर वसन्त कुमार मिश्रलाई समेत सम्मान गरिएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: