• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लोककला विभागद्वारा भारदहमा कला कार्यशाला

राजविराज, २५ माघ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभाग, काठमाडौंद्वारा सञ्चालित लोक कला कार्यशाला आइतवार सम्पन्न हुन लागेको छ ।
प्रदेश नम्वर–२ अन्तर्गत सप्तरीमा रहेको लोककलाको उत्थान, लोककला पुस्तान्तरणका साथै लोककला मार्फत जीवनस्तर उकास्ने उद्देश्यका साथ माघ २१ गतेदेखि सप्तरीको भारदहमा उक्त कार्यक्रम आयोजना गरिएको हो । माघ २७ गते औपचारिक रुपमा सम्पन्न हुन लागेको उक्त कला कार्यशालामा २५ जनाको सहभागिता रहेको छ ।
कार्यशालामा १५ वर्ष उमेर समुहदेखि ७५ वर्ष उमेरसमुहका कलाकारहरु उत्सुकताका साथ सहभागी भएका छन् । कार्यशालाका संयोजक श्यामसुन्दर यादवका अनुसार भित्ता, ढोका, झ्याल, पुजाकोठा, धन्सारमा बनाईने लोककलाहरुलाई कागज र पोलिथिनका मानव निर्मित फूलहरुले प्रतिस्थापन गरिरहेका छन् । जसको प्रत्यक्ष असर यहाँको लोक कलामा पर्नुका साथै समग्र देशबाट नै अस्ताउने अवस्था नहोस् भनी लक्ष्यका साथ कार्यशाला सञ्चालन गरिएको छ ।
संसारको सबैभन्दा पुरानो मिथिला लोककलाको बारेमा वेद, रामायण आदि पौराणिक ग्रन्थहरुमा समेत चर्चा रहेको संयोजक यादवले बताए । तालिममा सहभागी स्थानियवासिन्दाले आफ्ना भावनाका कुरा कला मार्फत देखाउन पाएका छन् । आफ्ना संस्कृति यसरी देखाउन पाउँदा सहभागीहरु खुशी भएका छन् ।
कार्यक्रममा सहभागीहरुलाई कलाकार विना कर्णले प्रशिक्षण दिएकी छिन् । विभागीय प्रमुख मिथिलादेवी यादवले कार्यशालामा लोप हुन लागेको लोककला सिमान्तकृत लोककलाको उत्थानको लागि देशका विभिन्न भागमा गएर यस्तो कार्यशाला गोष्ठी मार्फत विचार–विमर्श गरी कलाको मूल धारमा उनले बताईन् ।