• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोसी नपाको वार्षिक बजेट ३१ करोड ९३ लाख

सप्तकोसी नपाको वार्षिक बजेट ३१ करोड ९३ लाख

फत्तेपुर, २२ माघ । सप्तरीको सप्तकोसी नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को बार्षिक बजेट मङ्गलबार सार्वजनिक गरेको छ ।
तेस्रो नगर सभाले गत सोमबार पारित गरेको ३१ करोड ९३ लाख ८१ हजार ३ सय ३ रुपैयाँ बराबरको बजेट नगरपालिकाका उपप्रमुख आशा चौधरीले सार्बजनिकीकरण गरेकी हुन् । प्रमुख अतिथि प्रदेश नम्वर २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले स्थानिय निकायले जनमुखी बजेट ल्याएर जनताको चाहना अनुसार काम गर्नुपर्ने बताए । विशिष्ट अतिथि प्रतिनीधि सभा सदस्य सरिता गिरीले मधेशको विकाशका लागि सरकारले ५ अर्ब बराबरको विकासीय बजेट ल्याएको बताए ।
कार्यक्रममा पार्टी प्रतिनीधि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपाका लेखनाथ घिमिरे, नेपाली कांग्रेसका नगर सभापति रमेश कार्की, संघीय समाजवादी फोरमका नगर अध्यक्ष राम कुमार यादव, त्रियुगा सहकारीका अध्यक्ष शम्भु बहादुर खड्का, रक्तमाला सहकारीका अध्यक्ष रोहिणी प्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा कार्यपालिका सदस्य शर्मिला खड्काले स्वागत मन्तव्य व्यक्त गरिन् भने न्यायिक समिति सदस्य कालुराम बिष्टले कार्यक्रम सञ्चालन गरे ।