• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

अमेरिका मधेशी समाजद्वारा नेटवर्किङ्ग इभेन्ट फ्रि कार्यक्रम

अमेरिका मधेशी समाजद्वारा नेटवर्किङ्ग इभेन्ट फ्रि कार्यक्रम

राजविराज, १४ माघ । अमेरिका मधेशी समाज (डिएफडब्लु) च्याप्टरको आयोजनामा , लर्भिंग सिटी इन टेम्पेटेशन हिमालियन रेष्टुरेन्टमा नेटवर्किङ्ग इभेन्ट फ्रि कार्यक्रम शनिवार आयोजना गरियो ।
उक्त कार्यक्रममा अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै आइरहेका ब्यक्तिहरुले लाभ उठाएका छन् । डिएफ डब्लु च्याप्टरका अध्यक्ष नितेश कलवारको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन उपाध्यक्ष शशी यादव र महासचिव मुकेश यादवले संयुक्त रुपमा गरेका थिए ।
उक्त अवसरमा फोरथऔरथको देवेन्द्र राय, लर्भिंगका सञ्जय साह, डेन्टोनको सन्तोष चौधरी, प्रमोद जयसवाल, एलेनको बविता गुप्ता, डिएफ डब्लुको नित्य साह, राजेश यादव, अमरनाथ साह लगायतले मन्तव्य व्यक्त गरे ।