• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बोदेवर्साइनमा प्रथम एमएलए कपको उद्घाटन

बोदेवर्साइनमा प्रथम एमएलए कपको उद्घाटन

राजविराज, ११ माघ । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्वर–५ द्वारा सञ्चालित प्रथम (एमएलए ) कपको शुक्रवार एक कार्यक्रम बीच उद्घाटन गरियो ।
सप्तरी क्षेत्र नम्बर ४ (२) का प्रदेश सभा सांसद अभिषेक यादवले रिबन काटेर खेलको उद्घाटन गरे । उद्घाटन खेल पथरगाडा र मिर्चैया बीच भएको थियो । टस जितेर मिर्चैया टिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
निर्धारित १८ ओभरको खेलमा ७ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पत्थरगाडाले १७ ओभर १ बलमा सम्पूर्ण विकेटको छतिमा ९४ रन मात्र बनाउन सफल भयो । मिर्चैयाका लागि सर्वाधिक रन १७ बलमा ३२ रन शम्शेरले बनाएको थियो ।
मिठु यादवले २४ रनको योगदान गरे । म्यान अफ दि म्याच मिर्चैयाका प्रदिप भए । उनले २२ रन र ३ विकेट लिए । पत्थरगाडाका अरूण ३ विकेट, बरूण २ विकेट, इन्द्रनारायण १ विकेट, राजेन्द्र १ विकेट लिए । शनिवारको खेल बोदेबर्साईन र लौकही टिम बीच आयोजक समितिले जनाएको छ ।