Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्याब्सन सप्तरीको सपथ ग्रहण तथा पदस्थापन

प्याब्सन सप्तरीको सपथ ग्रहण तथा पदस्थापन

राजविराज, ११ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सप्तरीका नव निर्वाचित पदाधिकारी र सदस्यहरूको शुक्रबार सपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।
आगामी दुई वर्षको लागि गत पुस २७ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्विरोध निर्बाचित भएका नव निर्वाचित पदाधिकारी र सदस्यहरूको राजविराजस्थित प्याब्सन सप्तरीको कार्यालयमा एक समारोहका बीच शपथ ग्रहण तथा पदस्थापन गरिएको हो । प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिलकुमार झाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा निर्वाचन संयोजक विजयानन्द झाले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद र गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
निबर्तमान कार्यसमितिका तर्फबाट निवर्तमान अध्यक्ष पञ्चदेव यादवले शुभकामना दिंदै नवनिर्वाचित अध्यक्ष देवानन्द चौधरीसहित पदाधिकारी र सदस्यहरूलाई पदस्थापन गराए । निर्वाचन समितिका सदस्य मनोहर पोखरेलले सञ्चालन गरिएको कार्यक्रममा केन्द्रीय सदस्यहरु डा. कामानन्द देव, निर्जला कोइराला, प्याब्सन सप्तरीका संस्थापक अध्यक्ष पुष्प सिटौला, पूर्व केन्द्रीय सदस्य डा. चिरन्जिवी लाल देव, प्रदेश उपाध्यक्ष रिमा झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चौधरी र वरिष्ठ उपाध्यक्ष अरुणकुमार देवले दुई वर्षे कार्यकालमा उल्लेखनीय कार्य गर्दै उपलब्धीमूलक बनाउने प्रतिवद्धता व्यक्त गरे । प्याब्सन सप्तरीका पूर्व सचिव देवनारायण चौधरी, निवर्तमान जिल्ला सल्लाहकार सुरेश यादव, निवर्तमान सदस्य मदन चौधरी र हरिश्चन्द्र प्रसादले समेत शुभकामना दिए । निर्वाचन समितिका संयोजक झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य विश्वनाथ यादवले धन्यवाद दिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।