Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

तिलाठी कोइलाडी ब्लु र युथ एकेडेमी राजविराज विजयी

तिलाठी कोइलाडी ब्लु र युथ एकेडेमी राजविराज विजयी

राजविराज, ११ माघ । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा शुक्रबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी ब्लु र युथ एकेडेमी राजविराज विजयी भएका छन् ।
पहिलो खेलमा तिलाठी कोइलाडी ब्लुले महादेवागाउँपालिकाको टिमलाई १२० रनले पराजित गरेको छ भने युथ एकेडेमीले हनुमाननगर टिमलाई ९ विकेटले पराजित गरेको छ । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी ब्लुले निर्धारित १५ ओभरको खेलमा ५ विकेट गुमाई १९३ रन बनाएको थियो । जसमा रोहन विश्वकर्माले २४ बलमा अविजित ४४ रन, विकास दासले ९ बलमा चार छक्का र तीन चौकाको मद्दतले ३७ रन, राहुल मण्डल २१, अमित दासले १९ र रोबिन सिंहले अविजित ११ रनको योगदान दिए ।
यता महादेवा गाउँपालिकाको टिमको तर्फबाट अरविन र कमानन्दले २÷२ तथा गजेन्द्र माझीले १ विकेट लिएका थिए । जितको लागि १९४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा महादेवा टिम १४ ओभर ३ बलमा ७३ रन बनाई अलआउट भयो । जसमा मुन्नाले १३, दिलेन्द्र माझीले ११ र छोटुले १० रनको योगदान दिए ।
तिलाठी कोइलाडी ब्लुका ऋषिकान्त चौधरीले ३, मनिष मण्डल र प्रदिप यादवले २÷२ तथा रोहित सिंह, रोबिन सिंह र राहुल मण्डलले समान रुपमा १÷१ विकेट लिए । खेलमा ब्लुका रोहनविश्वकर्मालाई म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा युथ एकेडेमीका अनिल यादवको घातक बलिङ्ग सामु निरीह साबित भएको हनुमाननगर टिम १९ ओभर ३ बलमा सबै विकेट गुमाई ५३ रन मात्र बनाउन सक्यो । युथ एकेडेमीका अनिल यादवले ४ ओभरमा ५ रन खर्चेर ४ विकेट लिए भने विवेक यादव र उमाशंकर यादवले २÷२ तथा राहुल गुप्ता र विशाल यादवले १÷१ विकेट लिंदै हनुमाननगरलाई सामान्य योगफलमै समेट्न सफल भए ।
हनुमाननगरकालागिदुर्गा मण्डलले ११ र मो.फारुकले १० रन बनाउनु बाहेककुनै पनि खेलाडिले दोहोरो अंकमाप्रवेश गर्न सकेनन् । जितकोलागि ५४ रनको लक्ष्य पछ्याएको युथ एकेडेमीले ८ ओभर ५ बलमा एक विकेट गुमाएर विजयी हासिल गर्न सफल भयो । जसमा आशिष झाले अविजित ३० रन नितेश यादवले अविजित १५ रनको योगदान दिए ।
हनुमाननगरकालागि एक मात्र विकेट राजन क्षेत्रीले लिए । खेलमा युथ एकेडेमीका अनिल यादवलाई म्यान अफ द म्याच घोषित भए । शनिबार एक मात्र खेलमा छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिका बीच हुने तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।