Top_Header_Right_Add

सदा परिवारलाई युवा नेताहरुद्वारा सहयोग

सदा परिवारलाई युवा नेताहरुद्वारा सहयोग

राजविराज, ८ माघ । राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ कोचाबखारीका सहदेव सदाको परिवारलाई युवा नेताहरुले सहयोग गरेका छन् ।
स्व. सदाकी पत्नी जालो देवी सदालाई खाद्यान्न सहितका सामग्रीहरु सहयोग गरिएको हो । श्रवण रुङटा, पार्थो सरकार, सिता प्रसाद यादव, राजकुमार भुजेल, महेश यादव, गिरिजा यादव, मुकेश कुमार चौधरी, ईर्साद अन्सारी, प्रदिप कुमार जोशी, रामकुमार यादव, कपलेश्वर साह, बलदेव मण्डल लगायतले व्यक्तिगत सहयोगमा चामल, मुरही, तेल, आलु, त्रिपाल, फलफुल, लत्ताकपडा सहितका सामग्रीहरु स्व. सदाकी पत्नी जालो देवीलाई घरमै भेटेर सहयोग उपलब्ध गराएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer